बारा १५,माघ ।
भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा बाराको प्रहरी बरामद गरि नष्ट गरेको छ ।भने बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको बारा जिल्लाका प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्। नष्ट गरिएको कुखुराको बजार मूल्य अन्दाजी २ लाख रुपैयाँ रहेको अनुमान गरिएको बताएका छन् । काकडभित्ताबाट नारायणगढ जाँदै गरेको ना ६ ख २४६६ नम्बरको बसको छतमा प्याजको बोरामा लुकाएर राखिएको कुखुरा पशु कारेन्टाईन कार्यालय र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा बरामद गरेको थियो । ६ ख २४६६ नम्बरको बसमा भेटिएको तीन सय वटा कुखुरा भारतबाट ल्याएको प्रहरीहरुले नष्ट गरिएको वीरगञ्जका पशु क्वारेन्टाइन कार्यालय प्रमुख डा. हरेराम यादवले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here