झापा १५ माघ ।
झापामा एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान नै मेचीनगर नगरपालिका १ का २९ वर्षीय सुमन घिमिरेलाई जबरजस्ती करणी गरिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको हो ।
ती महिलालाई घिमिरेले गत आइतवार दिउँसो नै जबरजस्ती करणी गरी फरार भएका थिए । महिला बलात्कृत भएको खबर प्राप्त हुन साथै प्रहरी चौकी तिरीङ खोलाबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको झापाको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here