काठमाडौं १५ माघ ।
काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तारकेश्‍वर नगरपालिका ८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्रेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईकले जनकारी दिनुभयो। वहाका अनुसार नुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३९०२९०१२ प ६८३६ खुलेको छ ।उक्त मोटरसाईकलसहित चोरीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको प्रहरी जनक भट्टराईले जनकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here