सिरहा १५ माघ ।
सिरहाको गोलबजार ३ जमदहमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणले न्यानो कम्वल वितरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीयतहसँगको समन्वयमा एन आईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट प्रात कम्वल एक सय ९० जना दलित विपन्नलाई वितरण गरिएको छ ।
एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट ४ सय ९० थान न्यानो कम्वल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कणले बताएका छन् । जसमध्ये एक सय ९० थान गोलबजार ३ का दलित विपन्न परिवारलाई वितरण गरीएको छ । भने पछिल्लो केही दिनदेखि लागातार लागेको कुहिरो र शितलहरका कारण जनजीवन प्रभावित भएकोले जिल्ला विपद व्यवस्थापन समिति सक्रिय रहेर सेवा गर्दै आएको बताएका छन् । उनले जिल्ला विपद व्यवस्थापन समितिसंग र हुने ब्याक्तीले नहुनेलाई सहयोग गर्ने गरी सर्वसाधारणसँग पनि अनुरोधगरेका छन् । उनले जिल्लाका विभिन्न स्थानहरुमा व्यक्ति, संस्था तथा स्थानीय तहहरुले शितलहर प्रभावित परिवार तथा नागरीक हरुलाई न्यानो कपडा सहयोग गरिरहेको बताएका छन् ।
विपन्न सुत्केरी महिला,बाल बालिका, वृद्ध विद्धा, अपाङ्ता भएका व्यक्तिहरु, विरामीहरु प्रभावित भएको पाइएको छ । त्यसलाई रेसपोन्स गर्ने काम पनि संगसँगै भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन्। वितरण कार्यक्रममा एनआईसी एसीया विकास बैंक गोलबजार शाखाका प्रमुख प्रदिप साह,वडा अध्यक्ष धनप्रसाद लामा, सहितकोको उत्साह जनक उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here