रौतहट १३ माघ ।
झरिमाई नरसिंह युवा क्लब लाई परोहा नगर पालिका को वडा अध्यक्ष खेदु मुखियाले कुर्सि सहयोग गरेका छन् ।
परोहा नगरपालिका का वडा नम्बर ८ का वडा अध्यक्ष मुखिया ले सोहि वडा को नरकटिया मा अवस्थित झरिमाई नरसिंह युवा क्लब लाई १४ थान कुर्सि सहयोग गरेका हुन् ।
सोमबार एक कार्यक्रम का बीच उनले क्लब का अध्यक्ष आर्य शशि कला राउत लाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष मुखियाले कार्यक्रम मा बोल्दै सहयोग स्यानो होस् या ठुलो आफु जत्ति सकिन्छ त्यति गर्नु नै मानव को कर्म रहेको तर्क व्यक्त गरेका छन्।
साथै उनले क्लब को हरेक आर्थिक , सामाजिक तथा अन्य सम्पुर्ण कार्यमा आफु र सम्पुर्ण वडालाइ नै साथ र सहयोग गर्ने प्रतिबध्ता जाहेर गरेका छन् ।सो कार्यक्रम मा बोल्दै क्लब का अध्यक्ष राउत ले आफुहरु ले नगरपालिका मा मात्र नभई जिल्ला को बिभिन्न ठाऊ मा हरेक सामाजिक , आर्थिक , शैक्षक, समाज सेवा को कार्यमा लागि परेको बताउनु भयो ।
समाज मा रहेका गरिब पिडीत को लागि क्लब ले बिशेष प्राथमिकता मा रखिएको र साथै विभिन्न सहयोग समेत गरिएको बताउनु भयो , साथै राउत ले यो समाज को लागि क्लब भएको ले बिभिन्न ठाउ बाट आएका समान जस्तै कुर्सि टेबल गरिब का कपडाहरु हामी समाज कै लागि सहयोग गर्ने गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here