काठमाडौँ १३ माघ ।
कोसि व्यारजेमा बग्ने पानी नेपालकै भए पनि यो पानी नेपाली किसान नै प्रयोग गर्न पाएका छैन्न । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँ बाली सिँचाइ गर्न पाइरहेका छैनन् । व्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैया सम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपाल तर्फको ३२ किलोमिटरको यो भूमिमा सयौं किसानले हजारौं बिघा जग्गामा अन्न बाली लगाउने गर्छन् । यो नहर सँग जोडिएका १२ वटा छोटी नहरहरु पनि छन् । छोटी नहर मार्फत् केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् ।पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झण्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेती योग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।
गहुँ उम्रि सकेको अवस्थामा पनि भारतले कोशी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको नेपाली किसानले बताएका छन् । ‘हामी प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएका छौं,’ हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर १ का किसान बुदुर राम भन्छन्, ‘तर यस पटक गहुँ उम्रिदा सम्म नहरमा पानी छाडिएको छैन ।’
अन्य वर्षहरुमा पुसको दोस्रो साता नै नहरमा पानी छाडिन्थ्यो भने । यस पटक माघको दोस्रो साता बित्न लाग्दा पनि पानी छाडिएको छैन । नहरमा पानी नछाड्दा झण्डै २५ हजार बिघा जग्गामा लगाइएको गहुँबाली लाई सिँचाइ गर्न समस्या भएको किसान हरु को गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here