राजविराज १२ माघ ।
सप्तरीको खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । ट्याक्टर घटनामा सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् । घाइते बालकको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो । बालकको पोष्टमार्टमका लागि शवलाई गजेन्द्रनारायण सिंहअस्पताल राजविराजको शव गृह ल्याइएको छ ।
ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here