रौतहट,१२ माघ ।
रौतहटको वनबाट टेम्पोमै काठ तसकरी भइरहेका छन् ।आइतबार राती ११ बजेको समयमा वृन्दावन सवडिबिजन वन कार्यलय अन्तर्गतको वन जंगलबाट काठ तस्करहरुके साल जातको रुख काटी टुना टुक्रा बनाई ना।२ ह २४९ न।को टेम्पोमा लोड गरेर चोरी चोरी निकासी गरीरहेको अवस्थामा वन कर्मचारीले नियन्त्रणमा लिएका छन् ।
टेम्पो प्रयोग गरेर काठ चोरी हुन थालेपछि वन कर्मचारी चनाखो बनेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिहले जानकारी दिनुभएको हो ।








