पाल्पा ९ माघ ।
शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका-८ दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको हो।

रिब्दीकोट ८ बस्ने मृतक छहारी सहित बिहीबार राति चार जना वनमा शिकार खेल्न गएका थिए। गए राति करिब ९ बजे शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारी सँगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १७ वर्षीय ज्ञान बहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङ डाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानाएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here