रौतहट ६ माघ ।
शहिद परिवारले जागीरको लागी नियुक्ती पत्र पाए पनि प्रदेश सरकारले त्यस प्रती कुनै चासो राखेको छैन । दाश्रो मदेश आन्दोलनमा रौतहटमा ५ जनाले ज्यान गुमाएका थिए त्यस मध्येमा मोहमद शम्स तबरेज आलम पनि एक हुन् । आलम कक्षा १० मा अध्ययनरत थिए उनी आन्दोलमा पुलीसको गोलीबाट शहिद भएका थिए । संयुक्त मधेशी मोर्चाले शहिदपरिवारका एक जनालाइ सरकारी नोकरी दिने प्रतिवद्धता गरेको थियो त्यो बाचा ५ बर्ष विती सक्दा पनि मधेशि मोर्चाले अहिले सम्म् पनि पुरा गरेको छैन । प्रदेश नम्बर २ मा मधेशि दलको सरकार भएपनि सहिद परिवार प्रती कुनै चासो राखेको पाइएको छैन । शहिद आलमका बुवालाइ मुख्य मन्त्रि कार्यालय बाट वनमन्त्रालयमा काम गर्न नियुक्ती दिए पनि काम गर्न पाएका छैनन् । नियुक्ती पत्र साथमा बोकेर पटक पटक मन्त्रालयको ढोका सम्म् पुग्दा पनि अब दुइमहिना अब ५ महिना भनेर झुलाएको शहिद आलमकी आमा बताउछिन

यस्ता सरकारको गुनासो राज्य पक्ष ले कहिले सुन्ने हार र कहिले सम्म शहिद परिवारलाइ कुराएर राख्ने हो यस प्रती सरकार पक्षले चांडो ध्यान पुरयाएर समस्याको पहिचान गरी समाधान गर्नुपर्ने देखीन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here