रौतहट ६,माघ ।
रौतहटको गढ़िमाई नगरपालिका का सबै सामूदायिक विद्यालय बढ्दो चिसोका कारण ३ दिनसम्म बन्द हुने भएको छ । विगत केहि दिनदेखि तराइ मधेशमा अत्याधिक चिसो बढेसंगै बालबालिकाको स्वास्थ्य असर पर्ने देखिएको ले नगरपालिकाले बिदा दिएको हो।

नगरपालिका ले मंग्शिर ७ गते देखि ९ गते सम्म बिदा दिएको छ। १० गते शनिवार परेको हुनाले बिद्यालय ११ गते बाट संचालनमा आउने प्रमुख प्रसासकिय अधिकृत नागेन्द्र यादवले बताउनु भयो ।
लगातार एक साता देखिको शीतलहरको कारण रौतहट लगायत तराईको जनजीवन प्रभावित बनेको छ ।
सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here