जनकपुरधाम ५ माघ ।
प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकार सोमबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो ।

मधेश आन्दोलनको क्रममा शहीद प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी( दिवस मनाउँदै आइरहेकोले सार्वजनिक विदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले बताएको छ ।

२०६३ साल माघ ५ मा सिरहाको लहान स्थित आन्दोलनका शहीद प्राप्त गरेका प्रथम सहिद रमेश महतोको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारको गुनासो रहेको छ । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १०३ जनाले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here