काठमाडौं ५ माघ ।
झापामा सोमबार विहान एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु रतीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अटो चालक मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४२ वर्षीय सन्तोष श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ ताराबारीमा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै क्रममा प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो रिक्सालाई विहान ९ बजे ठक्कर दिएको थियो।

अटोमा सवार सुनसरी इनरुवा- ७ का २४ वर्षीय सौजन मगर, दमक नगरपालिका -४ झापाका २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक -२ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन्। एम्बुलेन्स चालक दमक -४ बस्ने ५१ वर्षीय गणेश दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here