झापा ५ माघ ।
ब्राउन सुगरसहित झापाबाट प्रहरीले ३ जनालाई नियन्त्रणमा लीएको छ । पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह रहेका छन् छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ३२ वर्षीय देवेन्द्रलाई घरबाट पक्राउ गरेको हो । देवेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । देवेन्द्रको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरादह नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।
लक्ष्मण र राम शाहको साथबाट २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानु राम भट्टराईले बताएका छन् ।आइतबार साँझ मे ७ प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला पक्राउ परेका हुन् ।
राम र लक्ष्मण प्रयोगकर्ता पनि हुन् ।
लागु औषध कारोबारीबारे थप अनुसन्धान भईरहेको एसपी भट्टराईले बताएका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here