रौतहट ४ माघ ।
पुस ५ गते प्रधानमन्त्री केपि ओलिले सन्सद विघटन गरेकोमा रौतहटको १८ पालिकामा नेपाली काङ्ग्रेसको बिरोध कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कार्यक्रम घोषणा अनुसार रौतहटका सबै नगरपालिकामा सरकारका विरुद्धमा नारावाजी सहित चर्चो विरोध गरेको हो । नेपाल तरुण दल रौतहटको पूर्व सभापति एवम् परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने देशलाई नेपाली काङ्ग्रेस पार्टीले पहिला पनि संकटबाट बचाएको थियो आज पनि त्यस्तो भुमिका खेल्न कुनै कदम बाकी नरहेको उनले बताए। वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारी लाइ बढावा दिएको जिकिर उनले गरे। तर आफ्नो पार्टीको आन्तरिक द्वन्द समाधान गर्न नसकेर आफ्नो स्वार्थ पूरा हुने गरि सन्सद विघटन गरेकोमा नेपाली कांग्रेसले घोर आपत्ती जनाएको छ। सर्वोच्चमा सन्सद पून बहाली गर्न रिट परेको थियो। केपि ओलिले संविधान नै नपढी सन्सद विघटन गरेको सावित भएको छ ।। काङ्ग्रेसले बिधिको शासन व्यवस्थामा विश्वास गर्ने पार्टी हो निर्वाचनबाट भाग्ने पार्टी होईन केपि ओलिको कान सम्म पुगोस् उनले भने। सितलहरको समयलाई ख्याल नगरीकन पनि नेता कार्यकर्ता एवं आमजनता हाम्रो निम्तोमा आइदिनु भएकोमा गहिरो अभार प्रकट गर्दछु । यो उपस्थितिले आउदो निर्वाचनमा नेपाली काङ्ग्रेसमय हुने प्रबल सम्भावना देखिएको उने बताएका छन्। र उक्त कार्यक्रममा नेता कार्यकता तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here