काठमाडौं ३ माघ ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नेपाली सेनाको टोलीले त्रिपुरासुन्दरी न .पा -११ मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगबाट दुई नाल भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ परेका छन् ।

जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने त्रिपुरासुन्दरी नगरपालिका-११ मुहका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, वडानम्बर-७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन् ।

उनीहरुको घरबाट २ नाल भरुवा बन्दुक,बन्यजन्तु शिकारीमा प्रयोग हुने उपकरण, एक थान बारुदको डिब्बा, ४५ थान छर्रा, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको २ वटा सिङ र शङ्कास्पद कस्तरीको दाँत ४ वटा बरामद भएको निकुञ्ज कार्यालयले जनाएको ५ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here