जनकपुरधाम ३ माघ ।
आज प्रदेश २ सहित देशका सबै स्थानीय तहमा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छन ।
पार्टी सभापति देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको हो । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न सभापति देउवाको अपिल ।
यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन ।
अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here