काठमाडौं २ माघ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको स्थलगत सुपरिवेक्षण सुरु गरेको छ । कोभिड–१९ का कारण विगत १० महिनादेखि स्थगित हुँदै आएको स्थलगत सुपरिवेक्षण सुरु भएको राष्ट्र बैङ्कले जनाएको छ ।

सुपरिवेक्षणका लागि राष्ट्र बैङ्क अन्तर्गत ४ वटै सुपरिवेक्षण विभागले छुट्टाछुट्टै टोलीहरु निर्माण गरिसकेको छ । विभागले बैङ्क तथा वित्तीय संस्थालाई स्थलगत सुपरिवेक्षणको सूचना यसअघि नै दिइसकेका छन् ।

राष्ट्र बैङ्कले तत्कालका लागि काठमाडौं उपत्यकाभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा मात्रै सुपरिवेक्षण गर्ने योजना बनाएको छ । अबको ६ महिना उपत्यकाभित्रका लगभग सबैजसो संस्थामा सुपरिवेक्षण गर्ने सम्बन्धित विभागको योजना छ ।

अहिले राष्ट्र बैङ्कले जोखिममा आधारित सुपरिवेक्षण सुरु भए पनि राष्ट्र बैङ्कले नियमित रुपमा अनसाइट तथा इनसाइड सुपरिवेक्षणलाई समेत निरन्तरता दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here