काठमाडौं,२९ पौष ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेका छन।
बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन सकेन।

दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए। सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवेदन दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here