काठमाडौं २८ पौष i
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए ।
बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो । काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here