रौतहट २६ पौष ।
रौतहटको वृन्दावन नगरपालिका अन्र्तगतका नदिहरुबाट अवैध रुपमा उत्खन्न गरेर सिंङो गाँउ नै सखाप पार्ने गरी बनाईएको खाल्डो पुरी आफ्नो गल्ती लुकाउन सो खाल्डोहरुमा पानी पुरने काम गरि रहेको बेला स्थानियले एक थान जेसिबी मेसीन नियन्त्रणमा लिई डिभिजन वन कार्यालय चन्द्रहनिगाहपुर लाई बुझाएका छन् । रेड टेलिभिजनले अवैध उत्खनन बारे लगातार रुपमा समाचार प्रशारण गरे पश्चात हर्कतमा आएको सरोकारबालाहरुले सो नगरपालिकाको गलत क्रियाकलाप माथी प्रतिबन्ध लगाउन शुरु गरे पछाडि कारवाहि हुने डरले अवैध खाल्डोहरु पुरने काम गरिन थालिएको स्थानियले बताएका छन् ।

अवैध उत्खन्न गरिएको स्थानबाट बग्ने बागमति को धार लाई रातारात जेसिबी प्रयोग गरि खाल्डो तर्फ नदिको धार परिर्वतन गरि रहेको बेला स्थानियले जेसिबी नियन्त्रणमा लिएका थिए । अवैध उत्खन्न गरि नगरपालिकाले सिङो गाउ लाई नै संकटमा पारेका नेपाली कांगे्रसका सो नगरका नगर सभापति नागेन्द्र राय यादवले बताए ।

अबैध उत्खन्नबारे समाचार प्रसारण पश्चात स्थलगत अनुगमनमा पुगेका जिल्ला समन्वय समितिका उप सभापति राम बशिष्ठ यादवले उत्खन्न गरिएको स्थानमा थप अनुगमन गरि दोषि पाईए कारवाहि प्रक्रिया अगाडि बढाउन आफु पछि नहटने बताएका छन् ।

उत्खन्न गरिएको स्थानमा स्थलगत अनुगमनमा पुगेका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक का अनुसार बागमति नदिको हालको अवस्था निकै दुख लाग्दो रहेकोले नगरपालिका लगायत जिलला समन्वय समिति समेत दोषि रहेकोले उच्च स्तरीय छानबिन समिति बनाई दोषि लाई तत्काले कडा कारवाहि गर्नु जरुरी रहेको छ ।

वृन्दावन नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र एन कानुन विपरीत गरेको अवैध उत्खन्न सम्बन्धि स्थानियहरुले समेत चासो राख्न थाले पछाडि सो नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु आफ्नो कमी कमजोरी लुकाउन गल्ती माथी थप गल्ती गरी झनै विवाद र्सिजना गराएका छन् । यस सम्बन्धमा आजै प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरु द्धारा थप अध्यन अनुसन्धानका लागी स्थलगत अनुगमन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here