काठमाडौं २७ पौष ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारलाई ३ बुँदे निर्देशन दिएको छ । कोभिड–१९ नियन्त्रणका लागि खोप व्यवस्थापनमा तीनै तहका सरकारलाई समन्वय र पूर्वतयारी गर्न समितिले निर्देशन दिएको हो । यस्तै कोभिडको खोपको उपलब्धता बारे यथाशीघ्र अध्ययन गरी बुकिङ गर्नुपर्ने देखिएकाले योजना कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । यता मुलुकमै खोप उत्पादन गर्न सम्भाव्यता अध्ययन गरेर ल्याब स्थापना गर्न समेत समितिले सरकारलाई भनेको छ ।

कोभिडको प्रभाव र सरकारको भ्याक्सिन योजना विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुको राय सुझाव सुनेपछि समितिले त्यसैको आधारमा सरकारलाई निर्देशन दिएको हो ।
अन्तरक्रियमा विज्ञ डा। प्रभात अधिकारी र डा। झलक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख समेत रहेका डा। गौतमले विश्वमा ४६ वटा भन्दा धेरै मुलुकहरु भ्याक्सिन निर्माणको दौडमा रहेको जानकारी दिए । उनका अनुसार विश्वमा हालसम्म २ सय २३ वटा खोप पशुमा परीक्षण गर्न लागिएको, ६८ वटा खोप मानवमा परीक्षण गर्न लािगएको, १६ वटा खोप तेस्रो चरणमा रहेका ४ वटा खोपका अन्तरिम नतिजा उत्साहजनक रहेको ९फाईजर, मोडर्ना, गामलेया र एस्ट्राजेनेका०, ३ वटा खोप आकस्मिक प्रयोगका लागी अनुमति प्राप्त ९फाईजर, मोडर्ना र एस्ट्राजेनेका० भएको छ ।

उनले नेपाल सरकारले नेपालमा कोभिड १९ खोपको लागि अनुमानित प्राथमिकिकरण, लक्षित समूह शुरुमा स्वास्थ्य र सामाजिक क्षेत्र का लागि ३ प्रतिशत अर्थात ९११,३४२ संख्याको लागि १,८४२,९१५ डोज, दोश्रो चरणमा जेष्ठ नागरिक ९सबै ५५ वर्ष भन्दा माथि ०अन्य दिर्घरोगी ९४० देखि ५४ वर्ष०, तेश्रो चरणमा दिर्घरोगी प्रवासि कामदार र शरणार्थी को लागि १७ प्रतिशत अर्थात ५,१६४,२६९ संख्याको लागि १०,४४३,१८५ डोज, चौथो चरणमा ४० देखि ५४ वर्षका बाँकि सबै लागि ९।५५ प्रतिशत अर्थात २,९०१,१०४ संख्याका लागि ५,८६६,६१३ डोज र अन्तिममा १५ देखि ३९ वर्षका बाँकि सबैका लागि ४२।०७५ प्रतिशत अर्थात १२,७८०,०४८ संख्या का लागि २५,८४३,८१३ डोज निधार्रण गरेको खुलासा गरे । साथै यसका लागि सरकारले करिब ४९ अर्ब रकम लाग्ने अनुमान गरेको समेत बताए ।

यस्तै सरुवा रोग विज्ञ समेत रहेका डा। अधिकारीले विश्वव्यापी रुपमा खोपको अवस्था र नेपाल सरकारको भ्याक्सिन योजनाको बारेमा जानकारी दिएका थिए ।
उनले नेपाल पनि भ्याक्सिन उत्पान गर्न सक्षम रहेको तर यसमा धेरै अनुसन्धान हुनुपर्ने ल्याब निर्माण गर्न राज्यले ढिला गर्न नहुने भन्दै सुझाव व्यक्त गरे । यसका साथसाथै नेपालका पाइने विभिन्न जडिबुटिको प्रयोग गरी भ्याक्सिन बनाउन सकिने कुरामा उनी लगायत केही डाक्टरहरु अनुसन्धानमा लागिरहेको पनि जानकारी गराए । संभार रातोपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here