काठमाडौं २७ पौष ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राणाले सोमबार भने ।भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थिया ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।राप्रपाले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्पण ब्याङ्केटमा जलपान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकता तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here