जनकपुरधाम,२७ पौष ।

कोरोना संक्रमितको उपचारमा खटेका करार सेवाका कर्मचारीहरुले तलब भत्ताको माग गर्दै सोमबार प्रादेशिक अस्पतालको ओपिडी कक्षमा तालाबन्दी गरेका हुन् ।

संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुलाई अहिलेसम्म तलब भत्ता दिइएको छैन । विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनु पर्ने माग गर्दै आफूहरुले बाध्यताबस ओपिडी कक्षमा तालाबन्दी गरेको आन्दोलनरत चिकित्सक डा। प्रविण चौधरीले बताए ।

तलब भत्ता भुक्तानी नै नगरी आफूहरुलाई पुस ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाइ नगरिएकोले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।

कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु आन्दोलित छन् । धनुषामा अहिले विभिन्न ठाउँहरुमा ४२ बेडको आइसोलेसन रहे पनि अहिले ती आइसोलेसनहरुमा एक जना पनि संक्रमित नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषामा अहिले ४५ जना कारोना संक्रमित होम आइसोलेसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here