काठमाडौं २३ पौष ।
बागमती प्रदेशको सातौ अधिवेशन आगामी माघ ७ गतेका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले माघ ७ गतेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गरेर जनाएको छ। प्रदेशसभा सचिव कृष्ण हरि खड्काद्वारा जारी गरिएको सूचनामा प्रदेश प्रमुख प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक डाकिएको उल्लेख छ।
यसअघि प्रदेश अधिवेशन आह्वानका लागि गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो। बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बैठक सुरु भएलगत्तै मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने छ।








