पर्सा २३ पौष ।
वीरगञ्जस्थति ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राजदेव कुशवाहको निधन भएको छ । डा. कुशवाहको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विगत ३ महिनादेखि जन्डिस रोगबाट पिडित डा. कुशवाहको स्वास्थ्यमा समस्या आएपछि उनलाई केहि दिन अगाडी वीरगञ्जको एउटा निजि अस्पताल भर्ना गरिएको थियो ।
वीरगञ्जको अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौँस्थित नर्भिक अस्पतालमा लागिएको थियो ।
नर्भिक अस्पतालमा डा. कुशवाहलाई आईसीयूभित्र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा आज बिहान २ बजेको करिवमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
डा. कुशवाहको अन्त्येष्टि आजै दिउँसो उनको पैतृक गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीस्थित कोहड़ीमा कार्यक्रम रहेको छ ।
५१ वर्षीय डा। कुशवाह गणित विषयका जानकार एवम् चर्चित शिक्षक थिए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका उनले वीरगञ्जमा ओम नेशनल एकेडमी नामक प्लस टु कलेजपनि सञ्चालन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here