रौतहट,२३ पौष ।
रौतहट जिल्लाको विभिन्न नदीबाट गैर कानुनी रुपमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न हुन थाले पछि रेड टेलिभिजनले सो बारे समाचार प्रकाशन गर्दै आएको छ । समाज र सरकारलाई सुसुचित गराउनु पर्ने धर्मको पालना गर्दै रेड टेलिभिजनले अवैध उत्खन्न बारे समाचार प्रशारण गरे पश्चात विचलित देखिएका बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही यादव र निमित प्रशासकिय अधिकृत नागेन्द्र यादवले हतार हतारमा पत्रकार सम्मेलन गरि कपोकलपित रुपमा आफनो गलती ढाकछोप गर्ने विफल प्रयास गरेका छन् । हतार हतारमा गरिएको पत्रकार सम्मेलन मार्फत राष्टको चौथौं अंगको रुपमा रहेको संचारमाध्यमलाई धर्काउने नगर प्रमुख रामस्नेही यादव र निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादव ठाडो भाषाको समेत प्रयोग गरेका छन् ।
बृन्दावन नगरपालिकाद्धारा गरिएको पत्रकार सम्मेलन पश्चात बिहीबार डिभिजन वन कार्यालय चन्द्रपुरले बृन्दावन नगरपालिका विश्रामपुरलाई पत्रचार गरि अवैध उत्खनन तत्काल रोक्न आदेश गरेको छ । समाचार प्रकाशन भए पछि पौष २१ गते अनुगमन गर्न गएका डिभिजन वन कार्यालय चन्द्रपुरले नगरपालिकालाई पठाएका पत्र हेर्दा बृन्दावन नगरपालिकाले आफनो कमजोरी लुकाउन पत्रकार सम्मेलन गरेको प्रष्ट बुझन सकिन्छ ।
डिभिजन वन कार्यालयले अनुगमनका क्रममा फेला पारेका निम्न बमोजिमका बुदाहरु ः बागमती नदीको रामलाल लिक देखि उतर पटिको करिब ३०० सय मिटर उतर बृन्दावनको रामलाल साझेदारी वनको पुर्व नदीको डिल समेतको क्षेत्रमा १५ देखि २० फिट गहिराई सम्मको ढुगां,बालुवा उत्खन्न कार्य भई रुख विरुवा समेतमा असर पर्ने गरि ढुगां, बालुवा उत्खन्न कार्य गरिएको, वन जगलमा जथाभावी खाल्डो बनाई गरि वन विनास हुने गरि साल लगायत अन्य जातका विरुवा लान्ध्रा नोक्सान गरेको र ढुगां गिट्टी बालुवा उत्खन्न विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ विपरित कार्य गरेको देखिएको उल्लेख तत्काल उत्खन्न कार्य बन्द गरि आई ई ई स्वीकृति पश्चात मात्र उत्खन्न गर्न आदेश दिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रपुरले पठाएको च.नं. ७४६ को पत्रमा तत्काल कार्य बन्द नगरे प्रचलित कानुन बमोजि कार्यवाही समेतको लागि प्रक्रिया अगाडी बढाइने समेत पत्रमा उल्लेख गरेको छ । साथै डिभिजन कार्यालयले स.ब.अ.सोनफी पासवानलाई नदीजन्य पदार्थको उत्खन्न रोका गरि निकासी कार्यको स्थलगत निरिक्षण गरि अनियमित संकलन गरेको क्षेत्रको नापजाच गरि बोट विरुवा हानी नोक्सानी गरेको प्रतिवेदन पेश गर्न अनुसंधान अधिकृत समेत तोकेको जनाएको छ ।
सोही दिन चन्द्रपुर नगरपालिका क्षेत्रभित्रबाट भइ रहेको अवैध उत्खन्न समेतको डिभिजन वन कार्यालय अनुगमन गरि आवश्यक कार्यवाहीका लागि पत्रचार समेत गरेको जनाएको छ ।
नगरपालिका नगर प्रमुख यादवले जारी गरेको विज्ञप्तीलाई डिभिजन वन कार्यालयको पत्रले नै कपोकलपित रहेको सावित गरेको छ । नगरपालिकाबाट विज्ञप्ती जारी भए लगतै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साहले विज्ञप्ती निन्दनीय रहेको भन्दैं आपति जनाई सकेका छन् ।