रौतहट, २२ पौष ।
रेल मार्ग निर्माण कार्यमा सघाउ पुर्याइरहेको बृन्दावन नगरपालिकाले मुख्य रुपमा सदरमुकाम गौरलाई डुबानमा पार्ने योजनामा लागि परेको छ । बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवको आदेशमा मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खन्न गरि नगरभित्रको केही जंगल तथा केही गाउँ र सदरमुकाम गौरसमेतलाई डुवानमा पार्न खोजेको विषयमा समाचार सम्प्रेशन भए पछि नगर प्रमुख रामस्नेही राय यादव हतास भएका छन् ।

नदी जन्य पदार्थको मापदण्ड विपरित उत्खनन कार्यको समाचार सम्प्रेशन भए पछि मेयर यादवले आप्mनो बचाउका लागि पत्रकारहरुलाई निषासा बनाई एक प्रेश विज्ञप्ती जारी गरेर आफनो अयोग्यताको प्रर्दशन गरेकोमा नेपाल पत्रकार महासंघ रौतहटका शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहले घोर आपति जनाउदैं निन्दा गरेका छन् ।
महासंघका अध्यक्ष शाहले आफुले विज्ञप्ती अध्ययन गरेको र सो विज्ञप्ती हतासमा आएको भन्दै नगर प्रमुख जस्ता व्यक्तिले कार्यालयको लेटरपैड समेतको प्रयोग नगरेको कार्यालयको छाप समेत नदेखिएको ले वहाँको गैरजिम्मेवारी पनको पराकाष्टा रहेको बताए । मेयर यादवले पत्रकारलाई निसाना बनाई उत्खन्न कार्य मापदण्ड अनुसार गरेको छु भने भनाई प्रति चासो राख्दैं प्रकाशित र प्रसारित समाचारलाई आफु हेरी अध्ययन समेत गरेकोमा समाचारमा प्रकाशित प्रशारित विषयबस्तु तथ्य पुरक एवम स्थलगत रहेको समेत मैले पाएको अध्यक्ष साहले बताउनु भयो । अध्यक्ष शाहले नगर प्रमुखले आफनो गलती स्वीकार्नुको साटो पत्रकारलाई नै निसाना बनाएको कुरा घोर आपतीजनक रहेको र मेयरले यस कार्य तुरुन्त सन्चाउनु पर्ने समेत माँग गरेको छन् ।
नगर प्रमुख रामस्नेही यादवले नगरपालिका लगायत जिल्लाका सदरमुकाम समेतलाई असर पार्ने हिसाबले आई ई ई समेतको स्वीकृत विना मापदण्ड विपरित गई प्राकृतिक स्रोतलाई दोहन गरेको र आउदा दिनहरुमा नगरपालिका नजिकको वनक्षेत्र, गाउँ तथा सदरमुकाम समेतमा पर्ने असरबारे रेड टेलिभिजन र रेडखबर अनलाइन पत्रिकाले लगाताररुपमा समाचार प्रसारण गर्दै आईरहेको छ ।
नगरपालिकाले राष्टिय गौरबका योजनाका लागि नदीबाट विना सुचना मन्त्रालयको पत्रका आधारमा कार्यपालिकाको बैठकबाट रेल मार्ग निर्माण गर्ने कम्पनीलाई ५० हजार घनमिटर ग्रेभल र ढुगा निकासीको अनुमति दिए पनि १ लाख ८० हजार भन्दा बढी निकासी भई सक्दा पनि ३५ हजार घनमिटरको रेकर्ड मात्र रहेको बताए पछि नदी बारे समाचार बाहिर आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here