फोटो: आर.एन.साह ।

रौतहट, २२ पौष । नेकपाका युवा नेता शिव प्रकाश कौसलले रौतहटको बौद्धिमाई नगरपालिका वड़ा नं. २ इनर्वामा भएको आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका छन ।
१९ गते आइतबार राति करीब ९ बजे सुतिराखेको बेला स्थानीय रामप्रसाद महतो नुनिया, समानन्द महतो र रामा महतोको घरमा आगलागी भए पछि आगलागिमा रामप्रसाद महतोको चार वटा चौपाया पशु, खानेकुरा, अन्न चामक, धान, गेहूँ, लताकपडा, भाँडाकुँडा, गर(गहना लगायतका जिउज्यान बाहेक सबै कुरा जलेर नष्ट भएको थियो ।
पिडितहरुको घाउमा केही हदसम्म भए पनि नेता कौसलले पीड़ित परिवारलाई बिपदको समयमा धैर्य धारण गर्न विश्वास दिलाउदै ब्लांकेट एक थान, त्रिपाल एक थान, साडी एक थान नगद रुपैया सहित ५० किलो चामल, ३ किलो दाल, ५ किलो आलू,५ किलो प्याज, ३ किलो नून, २ किलो तेल ५ लिटर र विभिन्न खानेकुरा सहयोग गरेका छन ।
बौद्धिमाई नपा निवासी नेकपाका युवा नेता एवं प्रभावशाली नेता कौसलले आफ्नो नगर भित्रका जनताहरुलाई बिपत्तिको समय परेको बेला निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि संधै सहयोग गर्ने समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here