रौतहट, २१ पौष ।
बृन्दावन नगरपालिकाले रेल निर्माण कम्पनीको मिलोमतोमा गर्न लागेको नदी उत्खन्न मापदण्ड विपरित रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रेड टेलिभिजन तथा रेडखबरले लगातार नदी उत्खन्न बारे समाचार प्रकाशन गरे पछि स्थलगत अनुगमन गर्न गएका डिभिजन वन कार्यालय, रौतहटको टोलीले बृन्दावन नगरपालिकाले मापदण्ड बाहिर गई नगरपालिकाबाट नदी उत्खन्न कार्य गराई रहेको बताएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले नगरपालिकाले आई ई ई ( प्रारभिक वातावरण परिक्षण ) समेत नगराई गाउ नै सखाप हुने प्रकृतिले नदीबाट नदीजन्य पदार्थको उत्ख्रन्न गराउन लागेको, अनुगमनका क्रममा समान्यरुपमा मापदण्ड अनुसार ३ देखि ५ फिट सम्म मात्र सामग्री उठाउन पाउने प्रावधान रहे पनि १५ देखि २० फिट सम्म खाल्डा नै हुने गरि नदीजन्य पदार्थ उठाएको पाइएको, यस्ता कार्यबाट अगामी दिनमा आउने बाढले वनजंगल र नदी नजिकका गाउहरु नै सखाप हुने व्यापक संभावना रहेको र सो को असर सदरमुकाम समेतमा हुने संभावना रहेको बताएका छन् ।
नदीबाट सामग्री उठाउन मापदण्डलाई अनिर्वायरुपमा पालना गर्नु पर्नेमा सोको ठाडो उल्घन गर्ने कार्य नगरपालिकाले गर्न लागेको गरेको पाइएको समेत प्रमुख सिंहले बताए ।
बृन्दावन नगरपालिका मात्रै नभई चन्द्रपुर नगरपालिका समेतले मापदण्ड विपरित गई नदी उत्खन्न कार्य गराई रहेको र अगामी दिनमा यसबाट व्यापक मात्रमा नै क्षति व्यर्होनु पर्ने अवस्था सृजना हुन सक्ने चेतावनी समेत डिभिजनल वन प्रमुख सिंहले दिएका छन् । मंगलबार वन कार्यालय गरेको अनुगमनका कार्यालय प्रमुख सिंह लगायत सबअ अमरदेव प्रसाद यादव र सबअ महेन्द्र प्रसाद जयसवाल समेतले उक्त अनुगमन पश्चात नदी उत्खन्न कार्य मापढण्ड २०७७ विपरित रहेको कारण तत्काल कार्य बन्द गर्न समेत निर्देशन दिएको प्रतिक्रिया दिनु भएको छ ।
नगरपालिकाले ठेकेदारसंगको मिलोमतोमा नगरपालिकाका केही गाउ नै स्वाहा हुने हिसाबले गराई रहेको नदी उत्खन्नबारे जिल्ला समन्वय समिति रौतहटले भन्ने आश्र्चय प्रक्ट गर्दै छिट्टै नै स्थलगत अनुगमन गर्ने बताएको छ । सोही स्थलमा चुरे मधेश संरषक्ष विकास केन्द्रका अध्यक्ष सुनिल यादव समेतले नदीबाट मापदण्ड विपरित कार्य भएको प्रतिक्रिया दिएका छन् ।
समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवले आफुले मापदण्ड विपरित नदी उत्खन्न कार्य भई रहेको खबर संचारमाध्यमहरुबाट पाएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर रहनु भएकाले आउने वितिकै स्थलगत अनुगमन कार्य गरि गलत पाइए आवश्यक कार्यवाही गर्ने प्रतिक्रिया दिएका छन् ।
नगरपालिकाले राष्टिय गौरबका योजनाका लागि नदीबाट विना सुचना मन्त्रालयको पत्रका आधारमा कार्यपालिकाको बैठकबाट रेल मार्ग निर्माण गर्ने कम्पनीलाई ५० हजार घनमिटर ग्रेभल र ढुगा निकासीको अनुमति दिए पनि १ लाख ८० हजार भन्दा बढी निकासी भई सक्दा पनि ३५ हजार घनमिटरको रेकर्ड मात्र रहेको बताए पछि नदी बारे समाचार बाहिर आएको हो ।

समाचार बारे थप्प जानकारी तथा जिज्ञासाका लागि बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवसंग सम्पर्क गर्दा आफुलाई वन कार्यालयले अनुगमन गर्ने कार्यबारे जानकारी गराएको र आफु पनि उक्त कार्यबारे जानकारी लिने कार्य गरि रहेको प्रतिक्रिया दिनु भएको छ ।
समाचार प्रकाशन र प्रशारन गरे पछि नगरपालिकाले नदीबाट ग्रेभल र ढुंगा निकासी नरोके पनि कम्पनीले आफै ढुवानीको कार्यलाई २ दिन देखि बन्द गरेको पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here