राजविराज २१ पौष ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here