रौतहट ।

सरकार विरुद्ध नेपाली काँग्रेसले पौष २५ गतेबाट गर्ने बृहत बिरोध प्रर्दशनमा केन्द्रित रहि नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले मंगलबार बैठक बस्दै कार्यक्रम सफल गर्न निर्णय गरेको छ । सदरमुकाम गौर स्थित पार्टी कार्यलयमा बसेको बैठकले झुठो संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा पुस २५ गते ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्ने, माघ ३ गते ७५३ गाउँ नगरमा प्रदर्शन गर्ने र माघ ८ गते ६७४३ वडामा प्रदर्शन गर्ने बारे छलफल भएको सभापति कृष्णा यादवले जानकारी दिनु भयो । नेपाली काँग्रेस रौतहटले आयोजना गरेको बैठकमा जिल्ला समितिका सदस्यहरु लगायत स्थानिय निकायका नेपाली काँग्रेसबाट विजयी स्थानिय प्रमुख तथा जनप्रतिनिधीहरु समेतको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here