रौतहट १९ पौष ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाबाट नदिजन्य पदार्थको बिक्री गर्दा संकलन गर्नु पर्ने राजश्व रकमनै छली गरेको पाइएको छ । रेल बिभागले दिएको पत्रका आधारमा बृन्दाबन नगरपालिकाद्धारा गएको असोज २५ गते बसेको कार्यपालिका बैठकले रौताहा हिमडुङ्ग–ठोकर कन्काई जेभि लाई ५० हजार घनमिटर ग्य्राबेल निकासी गर्न अनुमति दिए पनि कर्मचारीले आन्तरिक लेनदेन गरि १ लाख ८० हजार भन्दा बढि घनमिटर ग्य्राबेल निकासी गरेको पाइएको छ ।


इजाजत पाएका कन्स्ट्रक्सनले चन्द्रपुर नगरपालिका–८ मा रेलवे स्टेशन निर्माण गर्दै आएको छ । प्रटि टिपर ३ हजारको दरले राजश्व रकमको रसिद काटनु पर्नेमा बृन्दाबन नगरपालिकाको कर्मचारी र कम्पनीको मिलोमतोमा दैनिक ८ देखि ११ पटक सम्म ग्य्राबेल ढुवानी गर्ने टिपरको १ देखि २ पटक टिपको मात्र राजश्व रसिद काटी बाकी राजश्व रकम लुकाई हिनामिना गरेको पाइएको छ । एक पटक राजश्व रसिद काटिसके पछि दिनभर ढुवानी गर्ने सोही टिपरको बाकी टिप भने रजिष्टरमा टिप्ने गरेको प्रमाण फेला परेको हो।


दैनिक चल्ने १ टिपरले ७ पटक ढुवानी गर्दा संकलन हुनु पर्ने २० हजार राजश्व रकम लुकाएको सजिल्लै संग देख्न सकिन्छ। संकलन हुनु पर्ने राजश्व रकमको तीन गुणा बढि राजश्व रकम लुकाएको पाइएको हो । ०७७ साउन ५ गते नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट स्वीकृत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड ०७७ अनुसार स्थानीय तहलाई अधिकार दिएपछि कर्मचारीहरुकै मिलोमतोमा राजश्व रकम हिनामिना हुने गरेको पाइएको हो ।

सोही अधिकारको प्रयोग गर्दै बृन्दाबन नगरपालिकाले बिना प्रतिस्पर्धा रेल बिभागको पत्रको आधार देखाउदै निर्माण ब्यबसायीलाई नै ढुवानी अनुमति दिएर राजश्व रकम हिनामिना गरेको पाइएको छ ।


बृन्दाबन नगरपालिकाले लक्ष्मिपुर घाट, बलुवा मदनपुर घाट, समनपुर घाट र हरैया घाट बाट नदिजन्य पदार्थको उत्खनन र ढुवानी अनुमति दिएपनि निर्माण ब्यबसायीले भने अन्य स्थान बाट उत्खनन र ढुवानी गर्दै आएको पाइएको छ ।


समाचारका लागि बृन्दाबन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवले आफुहरुले नेपाल सरकारले दिएको निर्देशन अनुसार नियमसंगत कार्य गरेको र ५० हजार घनमिटर दिनु पर्नेमा अहिले ३५ हजार घनमिटर मात्र दिएको बताएका छन् । यस अघि पनि नगरपालिकाले नदिबाट निकासी हुनु ग्रेभर र ढुंगामा व्यापक अनियमितता गरेको समाचारहरु प्रकाशन हुदैं आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here