काठमाडौं १९ पौष ।
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान जिल्लाका युवाहरु हुन् । शनिबार साँझ दुबई जना लागेका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

नक्कली रिर्पोट बनाएर विदेश जान लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसरी नक्कली रिर्पोट बनाएरै विदेश जान लागेको सार्वजनिक भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लापरवाहीको क्रम झन बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here