रौतहट १८ पौष ।
रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेपाली कांग्रेसमा प्रवेस गरेका छन् ।
गढिमाइ नगरपालिका वडा न. ९ इनरवामा आज भएको नेपाली कांग्रेसको पार्टी प्रवेस कार्यक्रममा उनीहरुले कांग्रेसमा प्रवेस गरेका छन ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेस गरेका छन् ।
कांग्रेसका रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको पार्टि प्रवेस कार्यक्रममा नेकपा र जसपा परित्याग गरी करिव २५० जना कांग्रेसमा प्रवेस गरेका छन ।
इनर्वाको दलित बस्तीमा भएको कार्यक्रममा ठुलो संख्यामा दलितहरु पनि कांग्रेसमा प्रवेस गरेका छन ।


नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका जिल्ला सभापति कृष्ण यादव र गढिमाइ नगरपालिकाका मेयर श्याम प्रसाद यादवले टिका माला लगाएर पार्टीमा स्वागत गरेका छन ।
कांग्रेसका क्षेत्रीय सभापति एवं वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव, गढिमाई नगरपालिका उपमेयर सुभद्र गुप्ता, वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रविनचन्द्र कोइराला, मिथलेश कुमार सिंह, चन्द्रपुर नगरपालिका ५ का वडा अध्यक्ष संजय काफले सहितका दर्जनौ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गढिमाइ नगर प्रमुख श्याम यादवले देशमा विभिन्न आन्दोलन पश्चात संविधान निर्माण भएपनि संविधानलाई नै समाप्त गर्ने खेल भइरहेकोले यसलाई रक्षा गर्न सबैले आ आफना ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यता रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here