रौतहट १६,पौष ।
रौतहटमा निलगाइको आतंक मच्चिएको छ। बर्षभरी मेहनत गरेर लगाइएको बालीनाली निलगाइले सखाप पार्न थालेपछि रौतहटका हजारौ किसान चिन्तित बनेका छन् ।निलगाइको बढ्दो संख्याले किसानहरुले लगाएको मौसमी खेति तथा बेमौसमी बालीमा पूर्णरुपले क्षति पुगेको स्थानीयले गुनासो गरेका छन्। निलगाइको आतंक बर्षेनी भोग्नु परिरहेको बौद्धिमाइ नगरपालिका २ इनार्वाका किसान शंकरप्रसाद मस्थान्ले दुख पोख्नुभयो। जिल्लाको फतुआ विजयपुर ,कटहरिया देवाहिगोनाही र मौलापुर नगरपालिकाका किसानहरु निलगाइको सास्ती खेप्न बाध्य भएका छन्। निलगाइले भसेढ्वा,झौआ। कटहरिया ,बुनियाद ,लक्ष्मीनिया ,फतुआ ,हर्षाह।,गमहरिया ,मयार्दपुर,ककर्च।,कर्मैया लगाएतका गाउँमा किसानले लगाएको खेतीपाती निलगाइले खाएर सखाप पारेको छ। निलगाइको क्षतीबाट आफ्नो बालि जोगाउन नदि किनारमा किसानहरु खेतमै बसेर टिन बजाउने पटका पडकाउने गरेका छन्। यता जिल्ला वन कार्यालय रौतहटले निलगाइको हत्या गर्नु कानुनि अपराध भएको बताएको छ। निलगाइले मच्चाएको आतंकको स्थानिय सरकार लगायत प्रशासन तथा सरोकारवालाले कुनै कदम नचालेमा आउदो दिनमा किसानलाई बारीमा घुमफिर गर्न समेत समस्या हुने मौलापुर्का एक किसानले बताउनुभयो। बढ्दो निलगाइको संख्याका कारण महिलाहरुलाई एक्लै खेतबारीमा जान समस्या भएको साथै किसानले दु स्ख गरेर लगाएको बालि समेत खाएर नष्ट गरिदिंदा किसानलाई हातमुख जोर्नलाई समस्या भएको अर्का एक किसानले दुखेसो पोख्नुभयो।निलगाइलाइ नियन्त्रणको लागि नगरपालिका सहित सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको किसानहरुले बताएका छन्।रौतहटका किसानहरु बर्षौदेखि निलगाइको आतंक सहँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here