सप्तरी १६ पौष ।
सप्तरी प्रहरीले चोरीका अभियोगमा फरार रहेका एक अभियुक्तलाइ १७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ। उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिनुभयो । स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए । जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here