रौतहट १५ पौष ।
राष्ट्रिय गौरवको रुपमा रहेको हुलाकी राजमार्गको आज सर्वपक्षिय अनुगमण कार्य सम्पन्न भएको छ ।
आयोजना अन्र्तगत अडुवा खोला देखि बडहर्वाको बागमति बाँध सम्म गरिएको अनुगमनमा भई रहेको काम सन्तोषजनक रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।
१९ सय ११ किलो मिटर लामो उक्त आयोजनाको म्याद यहि माघमा समाप्त भए हुन थाले कामलाई पुरा गर्न २०७८ साल अषाढ मसान्त सम्म पुन म्याद थप गरिएको सम्बन्धित कार्यालयले जानकारी दिएको छ ।
आयोजना संचालन तथा म्याद थप्प बारे रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफुहरुले संचालनमा रहेको आयोजनाको काम बारे बास्तविक हेर्न तथा उक्त काम गर्न लाग्ने थप्प समयबारे वास्तविक निरक्षण कार्यका लागि आएको जानकारी गराएका छन् ।

अनुगमनको क्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अनुगमन पछि समितिले राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको बारे रौतहटको अडुवा खोला देखि बडहरवा बागमती बाँधसम्मको हुलाकी सडकको अनुगमन सम्बन्धि सर्वपक्षीय रुपमा निर्णय समेत गरेको छ । आज गरिएको निर्णयमा उक्त आयोजनाको कुल लम्बाई १९.११ किल्लो मिटर रहेको, आयोजनाको म्याद २०७७ माघ मसान्तसम्म रहेको, म्याद थपको प्रस्ताव २०७८ असार मसान्तसम्म गरिएको , सडक निर्माणको गुणस्तर राम्रो रहेको, सडकमा पर्ने विद्युतिय पोलहरु सार्नको लागि सम्बन्धित निकायसंग समन्वय गरिएको, अडुवा खोलाको पुल निर्माणाधिन रहेको, भकुवा खोलाको पुल निर्माणको लागि सम्झौताको क्रममा रहेको, समयसिमा भित्र तोकिएको गुणस्तरमा काम गर्न निर्देश गरिएको हो ।


अनुगमनकर्मी हुलाकी सडक आयोजना कार्यालय, नगरपालिका, स्थानीय प्रशासन, विद्युत प्राधिकरण, निर्माण व्यवसायी, संचारकर्मी र स्थानीय नागरिकहरु समेतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here