हेटौँडा १५ पौष ।
बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।

प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका प्रस्तावक बनेका जम्कट्टेल र हस्ताक्षर गरेका माझीलाई पदबाट हटाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पदबाट हटाइएको पत्र दुबैलाई पठाईएको जनाइएको छ ।

पदमुक्त गरिएका उपनेता र सचेतक दुबै प्रचण्‍ड-नेपाल पक्षका नेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here