जनकपुरधाम,१५ पौष ।
धनुषाधाम नगरपालिका–९ धारापानीस्थित भारतीय ट्रक र ईन्धन बोक्ने टयाँकर एक आपसमा ठोक्किदा २ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँकरलाई सोही भारतीय ट्रकमा ठोक्कि दुर्घटना भएको हो ।
दुर्घटनामा टयाँकर चालक विराटनगर नगरपालिका– ४ बस्ने ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक बर्ष २० का रँगीला कुमारको मृत्यू भएको हो ।

टाउकोमा गम्भिर चोट लागेका अर्जुन मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै मृत्यू भएको बताईएको छ । रँगीलाको मृत्यु समेत उपचारको क्रममा प्रादेशिक अस्पतालमै भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा टयाँकरका सहचालक विराटनगर ४ बस्ने धनराज यादव गम्भिर घाईते भएका छन् । यस्तै भारतीय ट्रक चालकको सहचालक समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here