काठमाडौं १५ पौष ।
चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

बालुवाटारस्थित दूतावासअगाडि विरोध प्रदर्शनमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिएर मालीगाउँमा राखिएको शिजर भट्टले जानकारी दिए । पक्राउ पर्ने अधिकांश नेविसंघनिकट भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here