काठमाडौँ,१४ पौष ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमो विरोधमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको (प्रचण्ड–माधव) पक्षधर नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको हो । सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिने तयारी छ ।
आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।

प्रदर्शनपश्चात भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here