राजविराज, १३ पौष ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा मिलको फित्तामा बेरिएर एक युवतीको मृत्यु भएको छ।

आफैँले कुटानीपिसानीको मिल चलाउँदै गर्दा फित्तामा कपाल बेरिएर वडा नम्बर ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको हो ।

कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए ।

तर घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

मृतक किशोरीको शव पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी सिंहले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here