रौतहट, १३ पौष ।
रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गत साउन यता स्रोत नखुलेको ८७ लाख रुपैयाँ बरामद गरेको छ ।

पछिल्लोपटक गत शनिबार सीमा क्षेत्र गौर नगरपालिका–४ बाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी थाना बैरगनिया गाउँ फुलबरियाका २३ वर्षीय रोहित जैसवाल र ४० वर्षीय ललन कुमार रहेको प्रहरी उपरीक्षक शाहले बताए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेक जाँच गर्दा रकम फेला परेको हो । उनीहरुको साथबाट ६ र ६ लाख रुपैयाँ भेटिएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहको भनाइ छ । संभार टुडेपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here