रौतहट,१३ पौष ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस रौतहटले चार वटै निर्वाचन क्षेत्रको ५ स्थानमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस रौतहटले क्षेत्र नं १ को सदरमुकाम गौर तथा प्रसिद बजार गंगा पिपरामा विरोध प्रदर्शन गरेको थियो । त्यस्तै क्षेत्र नं ३ को राजपुर नगरपालिका क्षेत्रमा नगर परिक्रमा गरि राजपुरमा पुगेर कोण सभा गरिएको थियो ।


क्षेत्र नं ३ मा कटहरीया नगरपालिकाको कटहरियामा सरकार विरुद्ध नाराबाजी गर्दै विरोध सभा सम्पन्न भएको हो । उता रौतहटको क्षेत्र नं. ४ चन्द्रपुर नगरपालिकामा पनि हजारौको संख्यामा सरकार विरुद्ध नारा लगाउदैं विरोध सभा सम्पन्न गरको छ ।


विरोध सभा कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए ।
क्षेत्र नं १ को सदरमुकाम गौरमा भएको कार्यक्रममा गौर नगरपालिकाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेको छन् भने क्षेत्र नं. १ कै गंगा पिपरामा भएको विरोध सभामा नेपाली कांग्रेस रौतहटका सभापति कृष्णा यादव, गढीमाईमा नगरपालिका मेयर श्याम प्रसाद यादव, जिल्लाका नेताहरु बोलेका थिए ।

क्षेत्र नं. २ को राजपुरमा क्षेत्रिय सभापतिको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर नगरपालिका मेयर शेख शकिल अख्तर, परोहा नगपाका मेयर शेख वकिल, त?ण दलका अध्यक्ष मोहमद नौसाद आलम लगायत बोलेको थिए ।


उता क्षेत्र नं.३ मा क्षेत्रिय सभापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाउप सभापति सुनिल यादव, संविदान सभा सदस्य जितेन्द्र यादवब, जिल्ला, सचिव हृदय नारयाण् यादव,राजबाबु साह लगायतका बोलेका थिए । भने क्षेत्र नं. ४ को चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा सहभागि नेपाली काँग्रेसका सांसद देव प्रसाद तिमिल्सीना, बृन्दावन नगरपालिका मेयर रामस्नेही यादव लगायतका सबै नेताह? सम्बोत्रन गरेको थियो ।

हजारौको सहभागीतामा सम्पन्न भएको विरोत्र सभामा जिल्लाका हरेक तपकाबाट सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here