रौतहट १२ पुष ।
रौतहटमा ट्याक्टरमा च्यापिँएर एक जनाको मृत्यु भएको छ । ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा घाईते भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ४ दोहर टोलमा शनिबार साँझ बिग्रिएको ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा घाइते भएका चालकको उपचारका क्रममा आईतबार मृत्यु भएको हो । घाइते भएका स्थानीय २४ वर्षीय गजाधर राय यादवको शिव दर्शन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here