रौतहट १२ पुष ।
रौतहटमा स्रोत नखुलेको अबैध १२ लाखसहित २ जना प्रहरीले नियन्त्रण गरेको छ । रौतहटको गौर नगरपालिकाको वडा न. ४ मा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका भारत विहार राज्य सितामढी जिल्ला थाना बरगैनिया गाउँ फुलबरिया वस्ने बर्ष ४० को ललन कुमार र ऐ।ऐ। वस्ने बर्ष २३ को रोहित जैसवाललाई शंका लागि चेकजाच गरेका थिए ।

सोही क्रममा निजहरुलाई रोकी निजहरुले बोकेको हैण्ड ब्याग खोली चेकजाँच गर्दा दुबै व्याग भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको नेपाली ६÷६ लाख नेपाली गरी बाह्र लाख सहित निज दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here