काठमाडौँ १२ पौष ।
प्रदेश नं १ का मुख्यमन्त्री राइविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शनिबार मन्त्रीबाट हटाइएका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजे प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । नयाँ मुख्यमन्त्रीका लागि भीम आचार्यको नाम सिफारिस गरिएको छ ।

अविश्वास प्रस्तावको तयारीमा अगुवाइ गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए । आजै अन्य तीन मन्त्रीले पनि राजीनामा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here