रौतहट ११ पौष ।
गुजरा नगरपालिकामा रहेका विपन्न परिवारलाई चन्द्र्रपुरका एक रिक्सा चालकले न्यानो कपडा वितरण गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ कप्तान टोलका स्थायी बसोबास गर्दै आएका रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले शनिबार गुजरा नगरपालिकाको वडा नम्बर ४ को जंगलसैयामा पुगेर हजारौ निमुखा , विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेका छन । रिक्साचालक तिमल्सिनाको पहलमा काठमाडौका महान समाजसेवीहरुले संकलन गरि रौतहटसम्म सो कपडा उपलब्ध गराएका थिए । रौतहटको चन्द्रपुरका तिमल्सिनालाई गुजराका स्थानिय सानु कुमार चौलागाईले आफ््नो क्षेत्रमा विपन्न वर्गका परिवारहरु चिसोले कठङ््ग्रीएको बताउदै सो स्थानमा न्याने कपडाको माग भए भएपछि शनिबार स्थानिय भद्रर्भलाद््मी , सञ्चारकर्मी तथा प्रहरीको रोहबार सौ विपन्न समुदायका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गरिएको स्थानिय सानु कुमार चौलागाइले जानाकारी दिनभयो । स्थानिय इश्वर प्रधान , च्याङवा लामा लगायतका समाजसेवीको सक्रियतामा सो स्थानका विपन्न वर्गका ब्यक्तिहरुले राहत पाएको स्थानियले बताएका छन । रौतहटको वित्पन्न वर्ग मुसहर बस्ति र अन्य स्थानमा वितरण गर्न पठाइएको थियोे । तराई क्षेत्रका न्यानो माया अभियान कार्यक्रमका अभियनता केदार प्रसाद तिमिल्सिनालाई सो कपडा वितरणको जिम्मा लगाइएको हो । टीकाराम खनाल, विदुर कुमार खड्का, कविता तुलाधर, रानिबु कुवेर के.सी.को सक्रियतामा कृष्णा पौडेल लगायत रानिबु महिला समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लगायत विभिन्न तवरबाट अभियानमा साथ सहयोग र सहकार्य गरेको चौलागाइले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here