जनकपुरधाम, ११ पौष ।
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा बलवा नगरपालिका १ बन्चौरी बस्ने राअशिष साहका २६ वर्षीया श्रीमती सुनिता देवी साह छन् ।

शुक्रबार साँझ जनकपुरबाट महोत्तरीको भ्रमरपुरा तर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प २५४३ नम्बरको मोटरसाइकलले पिपरा गाउँपालिका ६ स्थित पैदल हिडरहेकी साहलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here